जन सरोकार

कालापानी क्षेत्रमा सीमा सुरक्षा अध्ययन गर्न सशस्त्र प्रहरी र नेपाली सेना सक्रिय

भारतले अतिक्रमण गरेको सुदूपरपश्चिमको कालापानी क्षेत्रमा निर्माण हुने बोर्डर आउट पोस्ट (बिओपी) निर्माण क्षेत्रको स्थलगत अध्ययन गर्न सशस्त्र प्रहरीको टोली त्यसतर्फ लागेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेक्वार्टर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टको नेतृत्वमा १५ जना सशस्त्र प्रहरीको टोली त्यसक्षेत्रको अध्ययन गर्न गएको हो । व्यास गाउँपालिका वडा नम्बर १ गागामा बन्ने बिओपी निर्माण क्षेत्रको स्थलगत अध्ययन र आफ्नो सीमाको नियमन गर्न टोली त्यसतर्फ लागेको गुल्मपति बिस्टले जानकारी दिए। टोली चैत्र १० गते मात्रै खलंगा फर्किने छ ।

अहिले बिओपी बन्‍ने क्षेत्र (व्यास गाउँपालिका वडा नम्बर १ गागा) मा हिउँ जमेकाले त्यस क्षेत्रको वास्तविकता बुझी आवश्यक काम अगाडि बढाउन सजिलो हुने गुल्मपति बिस्टले बताउनुभयो ।

उता नेपाली सेनाको टोलीले फागुन २५ गतेबाट उत्तरी क्षेत्रको निगरानीका लागि व्यास गाउँपालिकामा पुगेको छ । मंगलवार दुर्गा दल गुल्मको सेनाको टोली व्यास गाउँपालिका(२ दुम्लिङमा रहेको छ । झण्डै आधा महिना उत्तरी क्षेत्रमा बस्दा नेपाली सेनाले त्यस क्षेत्रको सीमा निगरानी, उत्तरी क्षेत्रमा सुरक्षा उपस्थितिका लागि आवश्यक सूचना संकलन गर्ने भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.