जल/वातावरण

गहुँत, गोबर र यज्ञ, कोरोना संक्रमण रोक्न पनि सक्छ !?

 – यादब देवकोटा

हामी प्रायःजसोले देख्दै र गर्दैआएको काम के हो भने कुनै पनि शुभकार्य गर्दा गहुँत (गोमूत्र) छर्कने र गोबर माटोले पोत्ने गरिन्छ । यसको कारण वातावरण शुद्धता नै हो, गोमूत्र र गोबरमा वातावरण शुद्ध पार्ने अर्थात् भाइरसहरु मार्ने शक्ति हुन्छ ।

आधुनिक चिकित्साविज्ञानको पिता मानिने आयुर्वेदमा गोमूत्र (गहुँत)लाई अमृतसमान मानिएको छ । हजारौं वर्ष पहिले लेखिएको यो कुरालाई आधुनिक वैज्ञानिक युगमा पनि स्वीकार गरिएको छ । गोमूत्रलाई जैवीक औषधिको विकल्पका रुपमा राखिएको छ ।

गहुँतमा ‘कक्र्युमिन’ नामक तत्व पाइन्छ जुन ‘एण्टी क्यान्सर ड्रग’ हो । अमेरिकाले गाईको गहुँतमा शोध गरी गोमूत्रबाट बन्ने पाँचवटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ । भारतले पनि गाईको गोबरमा अनुसन्धान गरी ४८ वटा औषधिको ‘पेटेन्ट राइट’ लिएको छ ।

यति मात्र हैन रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लगाए । सन् २०१२ मा अमेरिकन हर्ट एशोसिएशनले स्थानीय गाईको दही सेवन गर्नाले उच्च रक्तचापका रोगीमा ३१ प्रतिशतले कमी आएको तथ्य सार्वजनिक गर्यो ।

इन्टरनेशनल कार्डियोलोजी एसोसिएसन, भारतका अध्यक्ष डा शान्तिलाल साहले भैँसीको दूधमा ‘लोङ्चन फ्याट’ बढी भई नशा जमेर अवरुद्ध हुँदा हृदयाघातका समस्या देखापरेकाले गाईको दूध हृदय रोगीका लागि बरदान सावित हुने अनुसन्धानबाट पुष्टि गरेका छन् ।

आज विश्वभर कोरोना संक्रमण फैलिइरहेको छ र नेपाल पनि उच्च जोखिममा छ । आधुनिक चिकित्सा विज्ञानले कोरोनाको औषधि पत्ता लगाउन नसकिरहेका बेला वैदिक सनातनी धर्म, संस्कृति र संस्कार भएका नेपाल तथा भारत जस्ता मुलुकमा परम्परागत मान्यतामा आधारित सुरक्षा बिधिका रुपमा गौमूत्रको प्रयोग हुन थालेको छ ।

हुन पनि गाईको दूधदेखि मलमुत्र र शरीरका अन्य अंगहरु समेत मानव र प्रकृति संरक्षणका लागि आवश्यक तत्व र शक्ति हुनाले नै प्राचीनकालदेखि यसलाई अति महत्व दिएको हो । हावामा हुने किटाणु नास गर्नेदेखि लिएर पानी स्वच्छ राख्ने अनि घर परिसरलाई घातक जीवाणुरहित बनाउनकै लागि रुद्री, चण्डी पाठसंगै गाईको गहुँत छर्कने गरिन्छ ।

त्यस्तै हाम्रो धार्मिक मान्यतामा हवन (यज्ञ)को अति महत्व छ र त्यस्ता यज्ञ गर्दा गाईको घ्यू प्रयोग गरिन्छ । यसरी हवन गर्दा प्रोपिलिन अक्साइड, इथिलिन अक्साइड, फरमलडिहाइड ग्यास निस्किन्छ । प्रोपिलिन अक्साइडले वर्षा गर्न सहयोग पुर्याउँछ भने इथिलिन अक्साइड र फरमलडीहाइड ग्यासले पर्यावरणमा नकारात्मक असर पुर्याउने जीवाणुलाई मारी शुद्धीकरण गर्दछ ।

वैदिक शास्त्रका बारेमा थोरै मात्र जानकारी राख्नेहरुले पनि बुझेको कुरा के हो भने गोमूत्र औषधि हो । हवन (यज्ञ) वातावरण शुद्धपार्ने सबभन्दा प्रभावकारी र वैज्ञानिक विधि हो । गाईको घ्यूमा मुछिएको चरु आगोमा होम्दा त्यसबाट उत्पन्न हुने धुवाँ मानव र प्रकृतिलाई संरक्षण गर्ने तत्व हो ।

अहिले कोरोना संक्रमणको त्रासमा रहेको भारतमा गाईको गोबर र गहुँत धमाधम बिक्री हुन थालेको छ । इकोनोमिक टाइम्सका अनुसार पश्चिम बंगाल आसपास क्षेत्रमा गोबर र गहुँत ८०० रूपैयाँ किलो/लिटरमा बेचिएको छ ।

हुन त गहुँत र गोबरले कोरोना नास गर्छ वा सर्न दिंदैन भन्ने प्रमाण आधुनिक विज्ञानले नगरे पनि क्यान्सर समेत निको पार्ने शक्ति हुने गहुँतको सेवनले भाइरस नियन्त्रण गर्दैन भन्ने आधार छैन । त्यसैले त भारतको राजधानी दिल्लीमै तीन दिनअघि हिन्दू अभियन्ताहरूले गहुँतले कोरोना संक्रमणबाट बचाउने भन्दै गहुँत पिउने कार्यक्रम गरेका थिए ।

आजभोलि आधुनिक आवास निर्माणसंगै विहान विहान गोबर माटोले घर लिप्ने चलन हराउँदै गए पनि पूजापाठ तथा त्यस्तै शुभ कार्यहरुमा गोमूज्ञ छर्कने र गोबरले लिप्ने कार्य आज पनि गर्दैआएका छौं । किन गोमुत्र र गोबर नै प्रयोग गरियो, किन भैंसीको मल-मुत्र प्रयोग भएन ? यो नै हामी सबैले सोच्नुपर्ने विषय हो । आयुर्वेदमा गोमूत्रको औषधिय गुणबारे व्यापक चर्चा गरिए जस्तै पश्चिमा वैज्ञानिकहरुले पनि यसको चर्चा त्यसै गरी गरेका छन् । बेलायतका एक चिकित्सक डा. सिमर्सले आफ्नो अनुसन्धानपछि गोमूत्रले रगतमा फैलिएको भाइरस तथा किटाणु मार्ने दावी गरेका छन् । यसका अतिरिक्त अन्य कैयो रोगका लागि यो बरदान सावित भएको निष्कर्ष निकालेका छन् ।

गहुँत, गोबरको प्रयोगले कोरोना संक्रमण हुँदैन भन्ने भन्दा पनि यसको प्रयोगले वातावरण किटाणुरहित हुन्छन् भन्ने हो । आजभोलि गोमुत्र सेवन गर्ने फेसन पनि त्यसै चलेको हैन । प्रयोगशालामा कोरोनाबिरुद्ध लड्ने शक्ति गोमूत्रमा छ वा छैन भनेर पत्ता लगाउने चासो कसैले नदिएका भए पनि यसको प्रयोगले फाइदा नै हुने हुँदा कतै कोरोनालाई पनि नियन्त्रण पो गर्छ कि ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.