जन सरोकार

१० लाख थान मास्कसहित सानोभर्‍याङबाट एकजना पक्राउ

यतिबेला नेपालमा माक्सको कालोबजारी मौलाएको छ । कोरोना भाइरस संक्रमणबाट बच्ने प्रभावकारी मानिएको माक्सको माग बढेपछि लुकाए बढी मूल्यमा बेच्नेहरु सक्रिय भएपछि प्रहरीले व्यापक अभियान चलाइरहेको छ ।

यसै क्रममा बुधबार लुकाइराखेको १० लाख थान मास्कसहित सानोभर्‍याङबाट गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले उनलाई आज पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सकुलबहादुर थापाका अनुसार कृत्रिम अभाव सिर्जना गर्ने तथा अत्यावश्यक वस्तु लुकाउनेहरुविरुद्ध प्रहरी टोली सक्रियताका साथ लागेको र मंगलबार राति उक्त टोलीले सुरज आर्केडबाट एक हजार ६०० थान स्यानिटाइजर तथा काठमाडौँ उपत्यकाका विभिन्न भागबाट १४ हजार थान मास्क बरामद गरेको छ ।

न्यौपानेले ८० मा खरिद गरेको स्यानिटाइजर दुई सय ५० रुपैयाँमा विक्री गर्ने गरेको थापाले बताउनुभयो । महाशाखाले मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो । त्यसअघि काठमाडौं प्रहरी परिसर, टेकुले २ चैतमा १० लाख ८ हजार मास्क बरामद गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.