जन सरोकार

ब्रेकिङ- एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित

यस वर्षको एसईई परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सुरुमा एसईई परीक्षास्थलमा हेल्थ डेक्स राख्ने निर्णय गरेको भए पनि पछि स्थगित गर्ने निर्णय गरेको हो ।

समितिको बैठकपछि सत्तारूढ नेकपाको सचिवालय बैठकमा पनि कोरोनाभाइरसको सम्भावित जोखिमहरूबारे छलफल भएको थियो । सचिवालय बैठकपछि कोरोनाभाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकको निर्णयमा परीक्षासम्बन्धी बुँदा परिमार्जन गरिएको थियो ।

परीक्षा स्थगितको निर्णयपछि उपप्रधानमन्त्री पोखरेलले अब परीक्षाको अर्को मिति सूचना निकालेर जानकारी गराइने बताउँदै परिस्थितिको गम्भीरता हेरेर भोलि (बिहिबार)देखि हुने भनेको परीक्षालाई स्थगन गर्ने र सम्भावित खतराबाट बच्नुपर्छ र बचाउनुपर्छ भनेर  निर्णय गरेको बताउनुभएको छ ।

यस वर्षको एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए । परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको थियो । बिहीवारबाट सुरु हुने परीक्षा अर्को शुक्रवारसम्म चल्ने तालिका सार्वजनिक भएको थियो ।

यसअघि सरकारले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै सरकारले बुधवार नै विद्यालयलहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.