विश्व समाचार

खोप अभियान चलिरहँदा ब्राजिलमा एकैदिन ९० हजार संक्रमित, भारतमा पनि बढ्दै

विश्वका अधिकांश मुलुकमा कोरोना बिरुद्धको खोप अभियान चल्दै अब कोरोना महामारीबाट छुटकारा पाउने आशामा पछिल्ला केही समययताको संक्रमण दरले पुनः निराशा उत्पन्न गराउने संकेत देखिएको छ । विश्वमै सबैभन्दा धेरै संत्रमित रहेकामध्ये दोस्रो देश ब्राजिल र तेस्रो देश भारतमा केही दिनयता संक्रमितको संख्या दशौं हजारले बढेपछि यस्तो आशंका गरिएको हो ।

ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ । ब्राजिलका स्वास्थ्य सम्बन्धी सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा अर्थात् बुधबार रातिसम्ममा यहाँका ९० हजार ३०३ जना संक्रमित भएका बताइएको छ ।

ब्राजिलमा अहिलेसम्म कुल एक करोड १६ लाख ९३ हजार ५५८ जना संक्रमित भएका छन् भने दुई लाख ८० हजार जनाभन्दा बढीको मृत्यु भइसकेको पनि बताइएको छ ।

त्यसै गरी सोही अवधिमा कम्तीमा २ हजार ६४८ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यो मृत्यु पनि गएका केही हप्तापछि गत २४ घन्टाको अवधिमा भएको मृत्युको धेरै संख्या भएको पनि बताइएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको उपचारका लागि सेवा क्षमता कम भएको बताइएको छ । जसका कारण पनि कतिपय अवस्थामा अस्पतालमा शैया र औषधि अभाव समेत भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँ कोरोना भाइरस विरुद्धको खोप पनि लगाउन थालिएको छ । ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले पनि गत शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाउनुभएको थियो । पछिल्लो जानकारी अनुसार मंगलबार सम्ममा यहाँका १ करोड ४० लाख भन्दा बढी नागरिकले खोप लगाएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार मात्र यो जानकारी दिएको पनि समाचारमा जनाइएको छ ।

ब्राजिल विश्वमा कोभिड १९ को संक्रमणबाट पीडित अमेरिकापछिको दोस्रो देश हो । त्यसै गरी तेस्रो देश भारतमा पनि एकैदिन निकै बढी संक्रमित भेटिएका छन् । मंगलबार त्यहाँ एकैदिन २८ हजार संक्रमित भेटिएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.