प्रबास

इन्जाद्वारा युक्रेनमा पत्रकार हत्याको भर्त्सना

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल, इन्जा, वाशिङटन डिसीले समाचार संकलनका ​​क्रममा युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरुमाथि रुसी सेनाबाट भएको श्रृङ्खलाबद्ध हत्या र आक्रमणको घोर भर्त्सना गरेको छ ।

इन्जाका अध्यक्ष गुणराज लुइटेलले एक विज्ञप्ति जारी गरी एक हप्तामा ३ जना पत्रकारको हत्या हुनु विश्वभरका संचारकर्मी र नागरिक समाजका लागि अति नै दुःखद घटना भएको भन्दै पत्रकारहरूको हत्या रोक्न अनुरोध गर्नुभएको छ ।

विज्ञप्तिमा इन्जा रूसी सरकारलाई युक्रेनका युद्ध क्षेत्रहरूमा सक्रिय पत्रकारहरुको हत्या रोक्न अनुरोध गर्दै रूसको यो कार्य स्पष्ट रूपमा युद्ध अपराध हो र प्रेस स्वतन्त्रता र प्रेसको व्यावसायिक अधिकारको हनन् भएको उल्लेख गरिएको छ ।

त्यसै गरी अध्यक्ष हत्या गरिएका पत्रकारत्रय ब्रेट रेनाउड, ५० वर्ष, पियर जाक्रजेव्स्की, ५५ वर्ष, र ओलेक्सान्ड्रा कुर्सिनोभा, २४ वर्षप्रति इन्जाले हार्दिक श्रद्धान्जली अर्पण गरेको छ ।

अमेरिकी पत्रकार ब्रेट रेनाउडलाई टाइम म्यागजिनको असाइनमेन्टमा जाँदा इरपिनमा रुसी सेनाले गोली हानी हत्या गरेको थियो भने युक्रेनी निर्माता र फिक्सर ओलेक्सान्ड्रा ‘साशा’ कुभ्साइनोभा, र फक्स न्यूजका क्यामेरा पर्सन पियर जाक्रजेव्स्की, दुबै कीभ बाहिर गोरेन्कामा एक सवारी आक्रमणमा मारिएका थिए जहाँ बेलायती पत्रकार बेन्जामिन हल पनि घाइते भएका थिए ।

इन्जाले हत्या गरिएका पत्रकारहरुका परिवार र प्रियजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दै विश्व समुदायलाई त्यस्ता आपराधिक कार्यहरू विरुद्ध एकै ठाउँमा उभिन र युक्रेनको युद्ध क्षेत्रमा कार्यरत पत्रकारहरूका लागि स्वतन्त्र र सुरक्षित वातावरण सिर्जना गर्न हार्दिक अपील गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.