विश्व समाचार

बेलायतमा एक पूर्व गोर्खा सैनिकको कोरोना संक्रमणबाट मृत्यु

कोरोना भाइरस (कोभिड १९)ले ग्रस्त बेलायतमा एकजना भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएपछि उनको परिवार नै आइसोलेसनमा राखिएको छ । समाचार अनुसार सङ्खुवासभा घर भएका ६६ वर्षीय लीलाबहादुर राईको गत मङ्गलवार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा कोरोना संक्रमणबाट निधन भएको हो ।

बिबिसिका अनुसा।र स्वर्गीय राईका छोरा विकास राईले बाथ रोगबाट पीडित आफ्ना बुवालाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको रत्यसको ३(४ दिन पछि उहाँको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि मङ्गलवार दिउँसो फेरि अस्पताल पुर्‍यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भएको थियो ।

विकासका अनुसार झन्डै २५ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएका स्व. र्रालाई अस्पतालले फोन गरेर आफ्ना बुवाको निधन कोरोना भाइरसको सङ्क्रमणबाट भएको जानकारी दिएको थियो ।

राई सन् २००८ देखि बेलायतमा बसोबास गर्दै आएका थिए । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन । उनमा कोरोनाभाइरसको सङ्क्रमण कसरी भयो भन्ने आधिकारीक जानकारी दिइएको छैन । तर छोरा विकास राईले आफ्नो बुवा अस्पतालमै सङ्क्रमित भएको हुनसक्ने आशङ्का गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.