जन सरोकार

मकवानपुरमा सभा, सम्मेलन, भेला नगर्न सार्वजनिक सूचना

छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीब्रगतिमा पुनः फैलन थालेपछि नेपालमा उच्च सुरक्षा तर्कता अपनाउन थालिएको छ । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गरी सभा, सममेलन, जुलुश, भेला नगर्न आव्हान गरिसकेको छ । यस बीचमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि भेला एवं सम्मेलन नगर्न  सर्वसाधारणलाई अपिल गरेको छ ।

मकवानपुर

कार्यालयले एक सूचना प्रकाशित गर्दै विश्वभरि तथा छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण बढेकाले मकवानपुर जिल्लामा सभा, सम्मेलन, भेला जुलुस, र्याली र जमघटलगायतका भिडभाड हुने काम नगर्न अपिल गरेको छ ।

साथै प्रशासनले भौतिक दूरी कायम गर्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणलाई अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.