जन सरोकार

६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना परीक्षण

मुलुकमा कोरोना संक्रमण फैलिन नदिन भोलि (मंगलबार)देखि एक हप्ताको लक डाउन गरेको सरकारले ६० वर्षमाथिकाहरुमा शंकास्पद लक्षण देखिए तुरन्त कोरोना भाइरस परीक्षण गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले ज्वरो आएको, खोकी लागेको, स्वास फेर्न गाह्रो भएका, रोग प्रतिरोधक क्षमता कम भएका, अन्य जटिल रोग भएका, ६० वर्षमाथिकाहरुको कोभिड–१९ परीक्षण तुरन्त गर्ने निर्णय भएको बताएको छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलका अनुसार हालसम्म विश्वव्यापी रुप मै आएको विभिन्‍न तथ्यांकहरुले ६० वर्षमाथिकाहरुको लागि कोरोना संक्रमण थप जटिल हुने देखिएकोले तुरन्त जाँच प्रकृया सुरु गर्ने र यस्ता बिरामी आइसोलेसनमा भर्ना नभए पनि घाँटीको र्‍याल परीक्षणको रिपोर्ट नआउँदासम्म भने अस्पतालले निगरानीमा राख्ने निर्णय गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.