जापान

जापानबासी नेपालीको जिज्ञासा, अप्ठ्यारा समाधान गर्दै दूताबास

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस संक्रमणका कारण उत्पन्न परिस्थितिको समाधानका लागि टोकियोस्थित नेपाली दूताबासले समय समयमा विभिन्न माध्यमबाट आएका जिज्ञासाहरुको विज्ञप्तिमार्फत समाधान गर्न सुरु गरेको छ ।

यसै क्रममा सोमबार कोरोना संक्रमणबाट बच्न हरेक मुलुकले आआफ्नो किसिमको उपाय अवलम्बन गरिरहेको अवस्थामा जापानमा रहेका नेपालीहरुले नेपाल सरकारले अपनाएको उपाय र जापानले गरेको उपाय दुबैको पालनामा सचेत रहन आग्रह गर्दै विविभन्न जानकारीहरु दिइएको छ ।

टोकियोस्थित नेपाली दूताबासले एक विज्ञप्ति जारी गरी महामारी रोकथाम हुन अझै समय लाग्ने देखिएकाले थप सतर्कता, सजगता एवं सावधानी अपनाई आफू सुरक्षित हुँदै अरुको सुरक्षामा पनि ध्यान दिन आग्रह गरिएको छ ।

त्यसै गरी दूताबासले यस अवधिमा व्यवहारिक पक्षमा अन्योल, अस्पष्टता र द्विविधा भएको दूताबासमा इमेल, टेलिफोन, फेसबुक आदिबाट प्राप्त भएका जिज्ञासाहरुको समेत सम्बोधन गर्दै विज्ञप्ति प्रकाशित गरेको छ ।

हेर्नुहोस् दूताबासको पछिल्लो निर्णय



प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.