जन सरोकार

कोरोना संक्रमलाई धर्मप्रचारको धन्दा बनाउने पास्टर पोखरामा पक्राउ

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला यसलाई धर्म प्रचारको मेसो बनाउँदै इसाई धर्म अँगाले कोरोनाले छुँदैन भन्दै भ्रम छर्ने इसाई धर्मगुरु पक्राउ परेका छन् । उनले  रुमालको माध्यमबाट दीर्घरोग समेत एकैछिनमा निको पारेको सन्देश भिडियोमार्फत दिएका एकजनालाई पक्राउ गरिएको छ ।

केही दिन यता सामाजिक सञ्जालमा उनले केही बोलेर रुमालले दुखेको ठाउँमा हिर्काउँदै यशुका अनुयायी बनेपछि सबै रोग निको हुने र कोरोना पनि नलाग्ने भन्दै जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर २९ पावर हाउस बस्दै आएका केशवराज आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

अहिले कोरोनाको सन्त्रासमा प्रशस्त कटनी मण्डलीका पास्टर आचार्यले यशुको अनुयायीलाई कोरोना भाइरसले नछुने प्रवचन दिएका थिए । आचार्यले क्रिश्चियन धर्म माने कोरोना भाइरसले नछुने भ्रम फैलाउने काम गरेकाले पक्राउ गरिएको कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई मुद्दा चलाउने तयारी भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.