जन सरोकार

आदेश उल्लङ्घन गर्ने ६८ जना पक्राउ, एक हजार गाडी नियन्त्रणमा

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागि नेपाल सरकारले जारी गरेको आदेश पालना नगर्ने ६८ जनालाई विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्झाइबुझाइ गर्दासमेत अटेर गरेपछि उनीहरुलाई मुलुकका विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार कैलालीबाट ३१, कपिलवस्तुबाट १४, रुपन्देहीबाट सात, झापाबाट चार, सुनसरीबाट चार, पर्साबाट तीन, सिरहाबाट दुई, कञ्चनपुर दुई र धनुषाबाट एक गरी ६८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

आदेश विपरीत सञ्चालन गरेका एक हजार ५७१ सवारीसाधनलाई समेत विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइबुझाइ गर्नुका साथै आवश्यक सोधपुछ तथा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.