राजनीति

प्रधानमन्त्री देउवा र चिनियाँ विदेशमन्त्रीबीच भेटवार्ता, पोखरा विमानस्थल हस्तान्तरण

प्रधानमन्त्री शेरबहादुर देउवासंग नेपाल भ्रमणमा रहनुभएका चीनका स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

भेटकै क्रममा चीनको सहयोगमा निर्माणााधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल पनि हस्तान्तण गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उहाँहरूबीच करिब १ घण्टा कुराकानी भएको थियो ।

भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध विस्तार लगायत विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सिंहदरबारमा परराष्ट्रमन्त्री नारायण खड्का र नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्तापछि विदेशमन्त्री वाङ प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुग्नुभएको हो ।

सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता भएको थियो । पछि दुई देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता भएको थियो । भेटमा नेपाल र चीन बीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

तीनदिने नेपाल भ्रमणका लागि शुक्रबार अपरान्ह नेपाल आइपुगेका विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपा एमालेका अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत नेतासँग भेटघाट गर्ने कार्यतालिका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.