जापान

जापानमा केयर गिभरका लागि विदेशीलाई अनुमति

जापान सरकारले घरघरमा पुगेर नर्सिङ सेवा दिन विदेशी प्रशिक्षार्थी तथा प्राविधिकलाई भर्ना गर्न मन्जुरी दिएको छ । देशमा हेरचाहकर्मीको अभाव गम्भीर रुपमा हुन थालेपछि सो निर्णय गरिएको हो ।

जापानको स्वास्थ्य मन्त्रालयले घरघरमा पुगेर नर्सिङ सेवा अर्थात् हेरचाह प्रदान गर्न विदेशी प्राविधिक प्रशिक्षार्थी र निश्चित क्षमता भएका विदेशीलाई भर्ना गर्न मन्जुरी दिएको हो ।

सरकारको यो नयाँ योजना अनुसार विदेशी प्राविधिक प्रशिक्षार्थीले आवश्यक तालिम लिएपछि जापानमा हेरचाहकर्मीका रुपमा काम गर्न सक्नेछन् ।

लगभग तीन वर्षभित्र यो कार्यक्रम चरणबद्ध रुपमा सुरु हुनेछ । यसरी काम गर्नेहरुका लागि कुनै सम्भावित समस्याका लागि एक परामर्श व्यवस्था पनि स्थापना हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.