क्रिकेटखेल

आयरल्याण्ड ‘ए’विरुद्धको टी-२० शृंखलामा नेपालकाे क्लिन स्वीप

आयरल्याण्ड ‘ए’विरुद्धको टी-२० शृंखलामा नेपालले क्लिन स्वीप गरेको छ । टी -२० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ लाई ७१ रनले पराजित गर्दै घरेलु टोली नेपालले दुई खेलको शृंखला २-० ले क्लिन स्वीप गरेको हो ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड ‘ए’ लाई ६ विकेटले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालका लागि गुल्शनकुमार झाले ३२ बलमा १ चौका र ४ छक्काको मद्दतमा ४६ रन बनाए भने कुशल मल्लको आक्रमक ब्याटिङ गर्दै १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन जोडे ।

त्यस्तै कप्तान रोहितकुमार पौडेल ३३ रन बनाई आउट भए भने कुशल भुर्तेलले २५ रन जोड्दा सन्दीप जोराले २१ र अनिल साहले १२ रन बनाए । यस्तै आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे ।

आयरल्याण्डका लागि  म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए भने बेन ह्वाइटले २ विकेट लिंदा फिओन ह्यान्ड र गेभिन होईको भागमा समान १-१ विकेट रह्यो । नेपालले दिएको १९९ रनको लक्ष्य लिएर मैदान उत्रेको आयरल्याण्ड १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनमा समेटिएको थियो ।

आयरल्याण्डका लागि स्टीफन डोहेनीले १३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक २६ रन बनाए भने मोर्गन टपिङ २१ रन बनाए । यस्तै केड कार्माइकलले १८ रन बनाई आउट भए भने रोस अडायर र निल रकले समान १७-१७ रन जोड्दा ग्यारेथ डेलानी १५ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि कुशल मल्ल र सोमपाल कामीले ३-३ विकेट लिए भने करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवको भागमा समान १-१ विकेट रह्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.