जापान

जापानी नागरिकलाई विदेश यात्रामा रोक, कोरोनाबिरुद्ध लडन नयाँ 'टाक्स फोर्स'

कोरोना भाइरस संक्रमणबाट गुज्रिइरहेको जापानले पहिलोपटक आफ्ना नागरिकलाई विदेश यात्रामा रोक लगाएको छ । जापानको विदेश मन्त्रालयले जापानी नागरिकलाई अनावश्यक रुपमा विदेश यात्रा नगर्न सूचना जारी गरेको यो पहिलो पटक हो ।

यसैबीच जापान सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणसंग जुध्नका लागि नयाँ कार्यदल गठन गरेको छ । यो कार्यदलले विशेषत्रहरुको परामर्श लिने र भाइरस संक्रमण रोक्न तथा उपचारलाई अरु प्रभावकारी बनाउन आवश्यक मार्गनिर्देशन दिनेछ ।

यो कार्यदल गठनसंगै हालै पारित भएको कानुन अनुसार देशमा संकटकाल लगाउन प्रधानमन्त्री शिन्जो आबेलाई बाटो खुलेको एनएचकेले जनाएको छ । यदि जनताको स्वास्थ्य र अर्थव्यवस्थामा खतरा देखिएमा सरकारले निश्चित क्षेत्र र अवधिका लागि संकटकाल घोषणा गर्न सक्नेछ ।

यस्तो स्थितिमा प्रान्तीय गभर्नरले विद्यालय बन्द गर्ने आदेश दिनुका साथै डिपार्टमेन्टल स्टोल, सिनेमाघर तथा मानिसको बढी भीड हुने स्थानहरुमा निश्चित सीमा निर्धारण गर्न सक्नेछ । यस्तो स्थितिमा सरकारले आपतकालिन स्वास्थ्य केन्द्र बनाउन निजी जमिन तथा भवनहरु अधिग्रहण पनि गर्नसक्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.