राजनीति

प्रधानमन्त्री ओली उपचार गराई निवास फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोभाष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबार आकस्मिक उपचार गराई स्वास्थ्य लाभ गरी निवास फर्कनुभएको छ ।

बिहिबार राति मुटुको धड्कन बढ्ने समस्याका कारण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीले करिब २० घण्टा अस्पतालमा रहेर उपचार गराउनुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

उहाँको २४ दिन अघि (गत फागुन २१ गते) शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न अस्पताल, चिकित्सकहरू, नर्सहरू र सबैमा उहाँको सचिवालयले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.