जापान

लकडाउनको साटो खोप र औषधि विकास : आबे- टोकियोबासीलाई सावधानी अपनाउन आव्हान

जापानी प्रधानमंत्री शिन्ज़ो आबेले कोरोना भाइरसका कारण राजधानी टोकियो लकडाउन भएमा जापानको अर्थतन्त्रमा व्यापक क्षति हुने बताउँदै लकडाउन भन्दा भाइरसको खोप र औषधिको विकास गर्नु सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

शुक्रबार कोरोना भाइरस संक्रमणको उपचार रणनीति कार्यदलको बैठकमा विपक्षी सांसदहरुको प्रश्नको उत्तर दिंदै उहाँले सो कुरा बताउनुभएको हो । सो बैठकमा वर्तमान विश्वव्यापी महामारीले समग्र मानवताका लागि खतरा रहेको पनि प्रधानमन्त्री आबेले बताउनुभयो ।

बैठकमा आर्थिक पुनरुद्धार मन्त्री यासुतोशि निशिमुराले जापानको कोरोना भाइरस प्रतिरोधी कानुन प्रभावकारी रहेकोले देशमा संकटकाल घोषणा गर्न नपर्ने बताउनुभएको थियो ।

त्यस्तै कार्यदलको बैठकले आगामी पाँच वर्षको रणनीति समेत तय गरेको छ । जसअनुसार प्रयोगशालाका विकास र स्वास्थ्य तथा चिकित्सा अनुसन्धानका लागि निजी क्षेत्र र सरकारल संयुक्त प्रयास गर्नेछन् । त्यस्तै रणनीतिमा कोरोना संक्रमण रोक्न ततकाल अरु प्रभावकारी कदम उठाउने, यसका लागि औषधिको विकास गरिनेछ ।

यसैबीच टोकियो महानगरले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि शुक्रबार नै कार्यदल गठन गरेको छ । महानगर मेयर युरिको कोइकेले शहरमा संक्रमण बिस्फोटक किसिमले बढ्ने खतरा रहेको भन्दै यो हप्ता महानगरबासीलाई घरबाट बाहिर ननिस्कन अनरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.