कर्पोरेट/पर्यटन
नेपालगञ्ज विमानस्थलमा नेवानिको जहाज दुर्घटनामा, कुनै क्षति हुन पाएन
कोभिड–१९ का सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको चार्टर्ड उडानमा गएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ ।
जहाज धावनमार्गमा अवतरणका क्रममा चिप्लिएको हो । जहाजमा सवार सबै व्यक्ति सकुशल रहेको र जहाज धावनमार्गबाट चिप्लिएर घाँसेमैदानतर्फ पुगेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
उहाँले चिकित्सकसहितको नमूना सामग्री लिन निगमको अर्को जहाज नेपालगञ्ज पठाइने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्