राजनीति

चैत्र १८ गते प्रधानमन्त्री देउवा भारत जाने, १९ गते मोदीसंग प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता

कोरोना संक्रमणका कारण रोकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण चैत्र १८ गतेबाट सुरु हुनेभएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही चैत १८ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लाग्नुभएको हो

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार चैत १९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।

त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, प्रधानमन्त्री देउवाले भारत भ्रमणको अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री चैत २० गते काठमाडौं फर्कनुअघि वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.