विश्व समाचार

युक्रेनले रूससँगको वार्तामा शान्ति खोजिरहेको छ- जेलेन्स्की

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनी प्रतिनिधिमण्डलले रुससँगको नयाँ चरणको वार्तामा शान्ति खोजिरहेको राष्ट्रपतिको प्रेस सेवाले सोमबार उल्लेख गरेको छ ।

“हाम्रो लक्ष्य स्पष्ट शान्ति र हाम्रो राज्यमा सकेसम्म चाँडो सामान्य जीवनको पुनर्स्थापना हो,” राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो ।

वार्तामा अन्य शीर्ष कीभ प्राथमिकताहरूको रूपमा जेलेन्स्कीले युक्रेनको सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र प्रभावकारी सुरक्षा ग्यारेन्टीहरू लगायत विषय उठाउनु भएको छ।

आइतवार, युक्रेनी प्रतिनिधिमण्डलका सदस्य डेभिड अरखामियाले युक्रेन र रुसबीचको अर्को चरणको वार्ता मार्च २८ देखि ३० सम्म टर्कीमा हुने बताउनु भयो।

युक्रेनी र रुसी प्रतिनिधिमण्डलहरूले फेब्रुअरी २८ देखि बेलारुसमा व्यक्तिगत रूपमा तीन चरणको वार्ता गरेका छन् चौथो चरण भिडियो कन्फरेन्सको ढाँचामा मार्च १४ मा शुरु भएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.