विश्व समाचार

इस्तानबुलमा रुस-युक्रेन वार्ता, त्रासदीको अन्त्य गर्न आग्रह टर्कीस राष्ट्रपतिको आग्रह

रुसी र युक्रेनी वार्ताकारहरूले मङ्गलबार बिहान इस्तानबुलमा आमनेसामने वार्ता शुरु भएको टर्की समाचार एजेन्सीले जनाएको छ । दुबै पक्षलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले स्वागत गर्नुभएको थियो ।

स्वागत गर्दै राष्ट्रपति एर्डोगानले दुवै पक्षलाई युक्रेनमा गत फेब्रुअरी २६ मा रूसको आक्रमणबाट उत्पन्न त्रासदीको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

इस्तानबुलको डोल्माबासे दरबारमा आयोजित आमनेसामने वार्ताले युद्ध अन्त्य गर्ने अपेक्षा गरिएको छ। जारी द्वन्द्वमा २०,००० मानिसहरूलाई मारिएका छन् भने १० लाख भन्दा बढी विस्थापित भएका छन् ।

सोमबार टर्की पुगेका दुई देशका प्रतिनिधिमण्डलले भिडियो कन्फरेन्सबाट धेरै चरणको वार्तापछि प्रत्यक्ष भेट गरेको यो पहिलो पटक हो

उहाँले भन्नुभयो- “दुई पक्षको चासो छ, अन्तरराष्ट्रिय समुदायलाई स्वीकार्य समाधानमा पुग्न सम्भव छ । यस त्रासदीको अन्त्य गर्ने दुई पक्षमा निर्भर छ,” द्वन्द्वको निरन्तरता कसैको हितमा छैन”।

टर्कीले मार्च १० मा युक्रेन र रुसी विदेश मन्त्रीहरू बीचको पहिलो बैठक गत महिना युक्रेनको आक्रमणपछि दक्षिणी टर्कीको शहर अन्टाल्यामा आयोजना गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.