राजनीति

एक साताभित्र भदौ २४ को घटना छानबिन गर्न समिति बन्ने

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घटेका घटनाको छानबिनका लागि बनेको आयोगको प्रतिवेदन बुझाइसकेको भए पनि सरकारले भदौ २४ गतेलाई केन्द्रीय गरी उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

२३ र २४ भदौको घटना छानबिन गर्न गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदनमा २४ गतेको अलग्गै संयन्त्र निर्माण गरी छानबिन गर्न सिफारिस गरेको थियो ।

उक्त सिफारिसलाई आधार बनाउँदै गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २४ को घटना छानबिन गर्न एक साताभित्र समिति गठन गर्ने निर्णय गरेको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्‌को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीको बुँदा नम्बर ७ मा छानबिन समितिको व्यवस्था उल्लेख छ ।

उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।

सरकारले २३ भदौको दमनमा मात्र अनुसन्धान अघि बढाएको भनी आलोचना भइरहँदा समिति बनाउने कार्ययोजना अघि सारिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.