जन सरोकार

निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी निलम्बित : कुटाइ खाने तस्कर भएको दावी

सप्तरीमा लकडाउन उल्लंघन गरेको भन्दै दुईजनालाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्बनमा परेका छन् भने एकजनालाई सदरमुकाम तानिएको छ । उनीहरुको कुटपिटमा परेका दुईजना सर्वसाधारण नभएर लामो समयदेखि तस्करीमा संलग्न रहेको पनि सशस्त्र प्रहरीको दावी छ ।

सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीका सशस्त्र प्रहरी उपरीक्षक उद्धव न्यौपानेले आफ्ना जवानले दुबैलाई कुटपिट गरेर गल्ती गरेको भए पनि दुबै जना तस्कर भएको बताउनुभएको छ ।

उहाँका अनुसार उनीहरु औषधि नभई दैनिक उपभोग्य सामान लिएर आइरहेका थिए । यसअघि पनि धेरै पटक भारतबाट सामान ल्याउनेको सूचीमा दुबै जना छन् ।

सामान नल्याउन पटकपटक दुबैलाई सम्झाए पनि नमानेको र देशमा लकडाउन गरिएको समयमा समेत सामान ल्याउन नछाडेको उहाँले बताउनुभयो । लकडाउन गरिएको दुई दिनसम्म पनि सीमामा खटिने सुरक्षाकर्मीले उनीहरुलाई सम्झाएको र नमान्दा आक्रोशित भएर कुटपिटमै उत्रिएर जनावहरुले गल्ती गरेको उहाँको स्वीकारोक्ति छ ।

उपरीक्षक न्यौपानेका अनुसार कुटपिटमा संलग्न सशस्त्र प्रहरीका एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एकलाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल(भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज चौधरीलाई निलम्बन गरिएको र जवान केशव थापा मगरलाई सदरमुकाम राजविराज तानिएको हो ।

सशस्त्र प्रहरीको कुटपिटबाट बलान बिहुल गाउँपालिका ३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादव घाइते भएका छन् । सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएको टोलीले यी दुबैलाई कुटपिट गरेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.