जल/वातावरण

पछिल्लो २४ घण्टामा एक सय ६२ मा कोरोना सङ्क्रमण, ५९ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा पिसिआर परीक्षण गर्दा १६२ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।



बुधबार थपिएका १६२ सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या दुई लाख ७७ हजार ३०९ पुगेको छ । मुलुकमा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार ४९३ छन् । यस्तै उपत्यकामा ६७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । काठमाडौँ जिल्लामा ५०, ललितपुर १३ र भक्तपुरमा चारलाई सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुुसार पछिल्लो २४ घण्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या ५९ जना छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ७२ हजार ७८६ पुगेको छ । नेपालमा निको हुने दर ९८।४ प्रतिशत रहेको छ । आज कुनै पनि सङ्क्रमितको निधन भएको छैन ।

यस्तै आइसोलेशनमा एक हजार ४९३ र क्वारेन्टिनमा ५९ रहेका छन् । देशभरि ३८ सघन उपचार कक्ष ९आइसियु० र पाँच भेन्टिलेटरमा उपचार भइरहेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित खबर

Back to top button