राजनीति

मुख्यमन्त्री पोखरेलको चेतावनी- इटाली र अमेरिकाको जस्तो भए के गर्ने ?

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लापरवाही गर्दा इटाली र अमेरिका तथा अन्य युरापेली मुलुकमा भएको संक्रमणको भयावह नेपालमा भए के होला भन्ने प्रश्नन गर्दा सबैलाई समयमै सचेत हुन आव्हान गर्नुभएको छ ।

सरकारले खरीद गरेको स्वास्थ्य उपकरण तथा सामग्री नक्कली र गुणस्तरहीन रहेको प्रमाणित भएपछि आम जनतामा त्रास फैलिइरहेका बेला मुख्यमन्त्र पोखरेलले कोरोना स.क्रमण फैलिन नदिन र रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणको चरम अभाव रहेको र भएका सामग्री पनि गुणस्तरहीनन रहेको भन्दै सम्बन्धित सबैलाई समयमै सचेत बन्न सुझाव दिनुभएको हो ।

आफ्नो फेसबुक पेजमा लामो स्टाटस लेख्दै उहाँले भन्नुभएको छ- “कोरोना विरुद्धको पूर्व तयारी र नियमित स्वास्थ उपचारका लागि तत्काल स्वास्थ सुरक्षा सामाग्री र उपकरणको आवश्यकता छ । बजारमा ती सामाग्रीको चरम अभाव छ र पाइने सामाग्री पनि गुणस्तरका छैनन् ।”

कोरोना संक्रमण फैलिन नदिन राज्यका हरेक तह आफ्नै किसिमले लागिरहेको जनाउ दिंदै उहाँले भन्नुभएको छ- “स्थानीय तह र प्रदेशका स्वास्थ निकायलाई बजेट दिएर पनि सामान पाउने अवस्था छैन । चीन र भारत सरकारसंग राज्यले गरेको आग्रह पनि सामानकै अभावका कारणले होला सुनावाई हुन सकेको छैन । निजी क्षेत्रसंग राज्यको सहकार्य सफल देखिदैन । यस्तो अवस्थामा वाहिरवाट सामान ल्याउन सक्ने सबै मिलेर राज्यलाई सहयोग गर्नु पर्यो ।”

उहाँले चिन्ता व्यक्त गर्दै भन्नुभएको छ- “संक्रमण नफैलदै त सामान्य उपचार समेत हुन नसकेको अवस्था छ । फैलिएमा कस्तो भयावह अवस्था होला ? कल्पना समेत गर्न कठिन छ । तर पनि इटाली र अमेरिकाका जस्ता विकसित देशले बेहोर्नु परेको अहिले अभाव र पीडावाट पाठ सिक्न त सकिन्छ नै । मेरो जिम्मेवार सबैलाई विनम्र अनुरोध छ उपेक्षा, अलमल वा आरोप प्रत्यारोपवाट महामारी विरुद्धको संघर्षमा कदापी विजय हासिल गर्न सकिदैन । समयमै गम्भीर भएर सोचौ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.