कर्पोरेट/पर्यटन

त्रिभुवन विमानस्थलमा बौद्धतिरबाट विमान अवतरणमा रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी दिशा रनवेको उत्तरी बिन्दु (टूजीरो) अर्थात् बौद्ध क्षेत्रबाट विमान अवतरणमा रोक लगाइएको छ ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार क्षमता अभिवृद्धिका काम भइहेकाले सोमबारबाट बौद्धतर्फको उक्त बिन्दुबाट आगामी तीन महिनासम्मका लागि विमानहरू अवतरण गर्न रोक लगाइएको हो ।

एशियाली विकास ब्याङ्क (एडीबी)को सहयोगमा हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धि परियोजनाअन्तर्गत विभिन्न काम भइरहेका छन् । त्यसै सिलसिलामा एकातर्फबाट अवतरणमा रोक लगाइएको हो ।

निर्माण कार्यले गर्दा रनवे टूजीरोको केही हिस्सा बन्द गरिएपछि एउटा रनवे छोटो हुँदा त्यसबाट आन्तरिक र बाह्य दुवैतर्फ असर पर्नेछ ।

आन्तरिक उडान अन्तर्गत माउन्टेन फ्लाइट र अन्य उडानहरू रनवे गर्नुपर्ने हुन्छ। रनवे टूजीरो बन्द गरिएपछि साना जहाजलाई ग्राउन्ड होल्डिङ र एअर होल्डिङको समय बढ्न सक्ने अधिकारीहरुले बताएका छन् ।

त्यसका अतिरिक्त ठूला जहाजले पहिला जति लोड बोक्न सक्थे त्यति यात्रु र कार्गो लोडभन्दा अब केही कम बोक्नुपर्ने हुन्छ। तोकेभन्दा बढी भार बोके जहाजको प्रकृति हेरेर करिब १५ देखि ३० प्रतिशत लोड पेनाल्टी हुन सक्छ ।

समाचार अनुसार यस विषयमा हवाई सेवा प्रदायक कम्पनीहरूलाई एक महिनाअगाडि नै जानकारी गराइसकिएको र तिनीहरूले सोहीअनुसार सेवा सञ्चालन गर्ने भएका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.