प्रदेशबागमती

बागमतीमा नवनियुक्त मन्त्रीले लिए शपथ

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरु क्रमशः केशवप्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

नवनियुक्त मन्त्री

मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गरी चार जना मन्त्री समावेश गर्नुभएको थियो । मुख्यमन्त्रीको सिफारिसअनुसार प्रदेश प्रमुख शर्माले बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेललाई वन तथा वातावरण मन्त्रालय, रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी, सिँचाइ तथा उर्जा र प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैबीच प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीका तर्फबाट रमा आले मगरलाई विना विभागीय मन्त्रीमा शपथ ग्रहण गराउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.