जापान

जापानमा नेपाली युवतीमा कोरोना संक्रमण भएको पुष्टि (भिडियोसहित)

करिव एक लाख नेपाली रहेको जापानमा पहिलोपटक नेपालीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । जापानको इबाराकी राज्यमा बस्दै आएकी एक नेपाली युवतीमा कोरोनाको संक्रमण भेटिएको हो ।

इबाराकी राज्यमा केयर गिभरमा काम गर्ने युवतीमा कोरोना संक्रमण भएको टोकियोस्थित नेपाली दूतावासले जानकारी गराएको छ । मार्च ३० मा संक्रमणको सामान्य लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले जापानको एक नेपालीमा कोरोना संक्रमण भेटिएको पुष्टि गर्नुभयो । नेपाल जापान डटकमको फ़ेसबुक लाईभ कुराकानीमा उहाले नेपाली पहिलो संक्रमित भएको र खतरा मुक्त रहेको परिवारले जानकारी दिएको बताउनु भयो।

संक्रमित युवतीको हाल चुकुवा अस्पतालमा उपचार भइरहेको छ । साथै अरु ठाउँमा रहेका नेपालीहरूसंग पनि प्रत्यक्ष सम्पर्कमा रहेको भैरहेको जानकारी दिनुभयो ।

परिवारको सदस्यका साथ बस्दै आएकी उनमा संक्रमणको पुष्टि भएपछि परिवारका सबै सदस्यलाई स्थानीय अधिकारीहरुले होम क्वारेन्टाइनमा राखेका छन् ।

कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसंग नेपाल जापान डटकमको फ़ेसबुक लाईभ कुराकानी
https://www.facebook.com/nepaljapanofficial/videos/169148600810265/
 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.