राजनीति

आइतबारसम्म सीमामा अलपत्र नेपालीलाई स्वदेश नल्याए राष्ट्रसंघमा उजुरी दिने चेतावनी

सरकारले लकडाउन गरेपछि स्वदेश फर्कने क्रममा नेपाल भारत सीमामा अलपत्र परी शरणार्थी बन्न बाध्य नेपाली नागरिकलाई आउँदो आइतबारसम्म देशभित्र प्रवेश नदिए संयुक्त राष्ट्रसंघ, मानवअधिकार परिषद्मा उजुरी दिने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले चेतावनी दिएको छ ।

लक डाउनको अर्थ आफ्ना नागरिकहरूलाई अपमानपूर्ण व्यवहार गर्दै आफ्नो देशको प्रवेशद्वार बन्द गरेर सिमाना बाहिर अलपत्र छाड्ने हो कि तिनलाई प्रवेश दिएर क्वारेन्टाइनमा राख्ने हो भन्ने प्रश्न समत उठाउँदै सो चेतावनी दिएको हो ।

मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गरी सरकारको यो व्यवहारले बाबुआमा छँदै छोराछोरी टुहुरा भएको संज्ञा दिनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ- “नेपाल इन्डिया सीमाको काली नदीदेखि पश्चिम इन्डिया अधीनस्थ धार्चुलाबाट नेपाल प्रवेश गर्न नेपाल सरकारले रोक लगाएपछि जतिसुकै नाराबाजी गरे पनि अन्ततः ती नेपाली निरुपाय र असहाय भई त्यहीँ थचारिएर बस्न बाध्य भएका छन् । आफ्नो देशको माटो छोएर घरआँगन पुग्न राज्यले नै मार्ग नदिएपछि उनीहरू बाबुआमा छँदाछँदै व्यवहारले टुहुरा भएका बालबालिका झैँ हतभागी भएका छन् ।”

मोर्चाले “आफ्नो घर फर्किने बाटो छेक्न राज्य नै लागेपछि बिचल्लीमा परेका ती नेपाली नागरिकहरू शरणार्थी हुन् कि तिनको आफ्नै देश पनि छ भन्नेमा दुबिधा उत्पन्न भए भन्दै आफ्नो देशमा प्रवेश गर्न नपाएपछि भारतीय प्रशासनको निगाहमा बाँच्नुपर्ने बाध्यताको सिर्जना गर्ने नेपाल सरकारले आफ्ना नागरिकको अभिभावकत्व लिनुपर्ने नैतिक दायित्व बिर्सिएको” आरोप लगाएको छ ।

सरकारको यस्तो रबैयाको घोर भत्र्सना गर्दै मोर्चाले आगामी आइतबारसम्ममा सीमा बाहिर शरणार्थी बनाइएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ससम्मान नेपालको भूमिमा बस्ने व्यवस्था नगरे मोर्चा बाध्य भएर संयुक्त राष्ट्र संघ, मानवअधिकार परिषद् मा उजुरी गर्न बाध्य हुने जानकारी नै सरकारलाई गराएको छ ।

सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउने कि नल्याउने ? सर्वोच्चले २४ गते आदेश दिने

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.