कास्कीमा कोरोना संक्रमित भेटिएको छैन- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
गण्डकी प्रदेश सरकारले कास्कीमा एकजनामा कोरोना संक्रमण भएको पुष्टि गर्दै वेभसाइटमा नेपालमा कोरोना संक्रमितको संख्या ७ रहेको जनायो । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरामा अहिलेसम्म कोही पनि व्यक्तिमा कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट नभेटिएको स्पष्ट पारेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमाथि नै प्रश्न उठाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौंमा परीक्षण नगरी भन्न नसकिने र पोखरामा भर्खरै स्थापना गरिएको प्रयोगशालाको मेसिनको बैधता र प्रक्रियाको कुरामा समेत प्रश्न उठाउनुभयो ।
प्रवक्ता देवकोटाले भन्नुभयो कुनै केस शंकास्पद भयो भने त्यहाँ (प्रदेशमा) पनि रिपिट हुन्छ, यहाँ पनि रिपिट हुन्छ, थप नमूना लिइन्छ । यो प्रोसेस भइसकेपछि मात्र हामीले रिजल्ट प्रकाशित गर्छौं । त्यो हिसाबले पोखरामा आजसम्म पोजेटिभ नआएको स्थिति छ ।
प्रतिक्रिया राख्नुहोस्