राजनीति

तेस्रो चरणको संक्रमण फैलिन नदिन लकडाउन कडा अरु बढाउने तयारी

पहिलो चरणको कोरोना संक्रमण देखिएपछि दुई हप्ताको लकडाउन गरेको सरकारले दोस्रो चरणको संक्रमण फैलिए लगत्तै लकडाउन अरु कडा गर्दै बढाउने भएको छ । दोस्रोपटक थपिएको लकडाउनको समय मंगलबार विहान ६ बजे समाप्त हुनुअगावै सरकारले सोमबार नै यसको अवधि बढाउने भएको हो ।

यसका लागि दिउँसो २ बजे मन्त्रिपरिषदको बैठक आव्हान गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । समाचार अनुसार आइतबार अनुसार कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकमा पनि लकडाउन बढाउनेबारे छलफल भएको थियो ।

पहिलो र दोस्रो चरणको संक्रमण भटिएको सुदूपश्चिम प्रदेश सरकारबाट पनि लकडाउन लम्ब्याउन सिफारिस गरेको छ र मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ ।

नेपालमा दोस्रो संक्रमण देखिएपछि सरकारले ११ चैतबाट १८ गते बिहान ६ बजेसम्मका लागि लकडाउन गरेको थियो । त्यो अवधिमा संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन चैत २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पहिलो र दोस्रो चरणको संक्रमणको स्रोतबारे सहजै जानकारी पाउन सकिन्छ तर तेस्रो चरणको संक्रमणको स्रोत थाहा पाउन त्यति सम्भव हुँदैन । यसलाई ‘चेन रिएक्सन’ चरण पनि भनिन्छ, जहाँ एकबाट सय, सयबाट हजार, हजारबाट १० हजार र यसै तरिकाले संक्रमणको अनियन्त्रित फैलावट हुँदै जान्छ ।

कैलालीकी ३४ वर्षीया महिलामा विदेशबाट आएका सङ्क्रमितबाट संक्रमण भएपछि शनिबारदेखि नेपाल दोस्रो चरणको संक्रमणीय जोखिममा प्रवेश गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.