राजनीति

वैशाख ३ गतेसम्म लकडाउन थप्ने सरकारको निर्णय

दोस्रोपटक थपिएको लकडाउनको अवधि सकिन एक दिन बाँकी रहँदा सरकारले थप ८ दिन लकडाउन थप्ने निर्णय गरेको छ । चेत्र २५ गते मंगलबार विहान ६ बजे दोस्रोपटक घोषणा गरिएको लकडाउनको अवधि सकिंदैछ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन ८ दिन थप गरेको हो । अब बैठकले बैशाख ३ सम्म लकडाउन लम्बिएको छ ।

नेपालमा फ्रान्सबाट आएकी एक युवतीमा कोरोना संक्रमण देखिएपछि सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । म‌ंगलबार त्यो अवधि सकिने भएपछि सरकारले सोमबार नै थप गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.