जापान

आपतकालीन आर्थिक राहत प्याकेज घोषणा : प्रतिपरिवार कम्तिमा तीन लाख येन दिइने

कोरोना भाइरस संक्रमण प्रभावितहरुका लागि जापान सरकारले बुधबार विशाल आर्थिक राहत प्याकेज पारित गरेको छ । बुधबार विहानदेखि राजधानी टोकियो लगायत सात प्रान्तमा संकटकाल घोषणा गरे लगत्तै मन्त्रिपरिषद्ले आर्थिक सहयोग प्याकेजलाई अनुमोदन गरेको हो ।

अनुमोदित आर्थिक प्याकेज करबि एक हजार ८० खर्ब येन (१० खर्ब डलर) बराबरको रहेको छ । सरकारले यो खर्चलाई समर्थन गर्न थप बोण्ड जारी गर्ने योजना गरेको छ ।

राहत प्याकेजको महत्वपूर्ण प्रावधान भनेको कोरोना भाइरसको कारण गम्भीर आर्थिक कठिनाइबाट पीडित परिवारहरूलाई ३ लाख येनअर्थात् कबि २८ सय अमेरिकी डलर प्रदान गरिनेछ । यसै गरी बालबालिका भएका परिवारलाई अतिरिक्त भत्ता दिइनेछ ।

राहत प्याकेजमा मार्चको अन्त्यसम्म औषधि तथा अन्य उपकरणको पर्याप्त भण्डारण गर्ने योजनाका साथै कोरोना भाइरसबाट संक्रमित अधिकतम २० लाख मानिसहरूलाई उपचारको प्याकेजमा समावेश गरिएको छ ।

राहत कोषको केही अंश अतिरिक्त बोण्ड जारी गरेर जुटाउने सरकारको योजना छ । बण्डको कूल मूल्य करीब १ सय ७० खर्ब येन हुनेछ । यसपछि चालू आर्थिकमा जारी गरिएको सरकारी बण्डको कुल राशी ४ सय ९० अर्ब येन हुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.