विश्व समाचार

१४ लाख ६४ हजार आठ सय ५२ जना संक्रमित- ८५ हजारभन्दा बढीको मृत्यु, अमेरिकामा एकैदिन १९ सयको मृत्यु

विश्वव्यापी महामारीका रुपमा फैलिइरहेको कारोना भाइरस संक्रमणबाट बुधबार रातिसम्म विश्वभरमा १४ लाख ६४ हजार आठ सय ५२ जना संक्रमित भएका छन् भने ८५ हजारभन्दा बढीको मृत्यु भएको छ ।

यसबीचमा ३ लाख ९ हजार १८३ जना भने निको भएका छन् । बुधबार साँझसम्मको यो तथ्याङ्क विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको हो । पछिल्लो तथ्यांक अनुसार एटालीमा १७ हजार ५ सय ६९, इटालीमा १४ हजार ६ सय ७३ र अमेरिकामा १३ हजार ७ जना तथा फ्रान्समा १९ हजार ३ सय २८ जनाको मृत्यु भएको छ ।

पछिल्लो समय अमेरिकामा कोरोना संक्रमण अनियन्त्रित रुपमा फैलिइरहेको छ । अमेरिकामा बुधबार मात्रै एक हजार ९०० जनाको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार अमेरिकामा ४ लाख ३१ हजार ८ सय ३८ जना संक्रमित र १४ हजार ७ सय ६८ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा मृतकको संख्या चार हजार नाघिसकेको छ ।

यद्यपी कूल मृतकको संख्या युरोपेली मुलुकहरुमा सबैभन्दा बढी देखिएको छ । इटाली, स्पेन, फ्रान्स, स्पेन, नेदल्यान्ड्स, बेलायतजस्ता समृद्ध र बलियो स्वास्थ्य प्रणाली भएका राष्ट्रहरुमा कोरोना पीडितको संख्या बढी देखिएको छ ।

त्यसै गरी बेलायतमा ६ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन समेत ५५ हजारभन्दा बढी बेलायती नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । प्रधानमन्त्री जोन्सनको लन्डनस्थित सेन्ट टमस अस्पतालको सघन उपचार कक्षमा राखेर विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको र अक्सिजन दिइएको छ ।

उता इरानमा मृतकको संख्या ३ हजार ८७२ पुगेको छ भने चीनमा ३ हजार ३३३, नेदरल्यान्ड्समा २ हजार १०१, बेल्जियममा २ हजार ३५, जर्मनीमा २ हजार १६, स्वीट्जरल्यान्डमा ८२४, टर्कीमा ७२५ तथा ब्राजिलमा ६८८ जनाको ज्यान गएको छ । चीनले कोरोनाभाइरस उत्पत्तिको केन्द्र मानिएको हुबे प्रान्तको उहान शहरमा ७६ दिनदेखि जारी लकडाउन बुधबारदेखि हटाएको छ ।

करिब एक अर्ब ३७ करोड जनसंख्या रहेको भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५ हजार ३६० पुगेको र १६४ जनाको मृत्यु भएको छ । पाकिस्तानमा कूल संक्रमित ४ हजार रहेकामा ५८ जनाको मृत्यु भएको, बंगलादेशमा १६४ जना संक्रमित पाइएकामा १७ जनाको मृत्यु भएको र श्रीलंकामा १८६ जना संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.