विश्व समाचार

यी हुन संसारका भाग्यमानी मुलुक र क्षेत्र जसले कोरोनाको महामारी खप्नु परेको छैन !

विश्वका महाशक्ति राष्ट्रहरु अहिले कोरोना भाइरसको संक्रमणबाट आक्रान्त भैरहेका छन् । क्षणभरमा संसारको जुनसुकै कुनाको समस्या समाधान गर्ने शक्ति रहेका देशहरु अहिले भाइरसले हल्लिइरहेका छन् ।

पछिल्लो समय विश्वका १ सय ८० भन्दा बढी देश तथा भूभागमा कोरोना भाइरस फैलिसके पनि विश्वका अझै त्यस्ता देश र क्षेत्रहरु छन् जहाँ कोरोनाको एकजना बिरामी पनि फेला परेका छैनन् । त्यसमध्येमा पर्दछन् प्रशान्त क्षेत्रको टूभालू द्वीप र पूर्वसोभियत यूनियन तुर्क्मेनिस्तान । यी दुबै गत सातासम्म कसैमा पनि कोरोनाभाइरस सङ्क्रमण पुष्टि नभएका देश तथा भूभागमा पर्छन् ।

बिहिबार (अप्रिल ९) विहानसम्म विश्वका १ सय ८० मुलुकमा १५ लाखभन्दा बढी मानिस कोभिड १९ बाट पीडित भएका र झन्डै ८८ हजारजनाको मृत्यु भएको छ तापनि विश्वभरि ४० वटा ठाउँमा एउटा पनि सङ्क्रमण भएको पुष्टि भएको छैन ।

अप्रिल २, २०२० सम्मको विवरण अनुसार कोरोना भाइरस नभेटिएका देशहरुमा उत्तर कोरिया, यमन, ताजिकिस्तान, तुर्क्मेनिस्तान रहेका छन् । त्यस्तै अन्य स्थानहरु यस प्रकार रहेका छन्

ओलन्ड द्वीप, अमेरिकन समोआ, एन्टार्क्टिका, बनेअर, सिन्ट अस्टाशियस एन्ड साबा, बूभे द्वीप, ब्रिटिश हिन्द महासागर क्षेत्र, क्रिस्मस द्वीप, कोकोस (कीलिङ) द्वीप, कमरोज, कूक द्वीप, फ्रेन्च सदर्न टेरिटरीज, हर्ड एन्ड म्याक्डोनल्ड्स द्वीप, किरबाटी छन् ।

त्यसै गरी लसूटू, मार्शल द्वीप, माइक्रोनेशिया, नाउरु, नीयूए, र्फक द्वीप, पलाउ, पिट्केअर्न द्वीप, सेन्ट हलिना, सेन्ट पिएर तथा मिकेलन द्वीप, समोआ, लोमन द्वीप, साउथ जोर्जा तथा साउथ स्यान्ड्विच, स्प्र्याट्ली द्वीप, स्वाल्बार तथा जेन मेअन द्वीप, टोकलाउ, टोङ्गा, टूभालू, यूएस माइनर आउट्लाइङ आईलन्ड्स, भानुआटु, वालिस एन्ड फुटुना, आईलन्ड्स ।

हुन त उत्तर कोरियाका विषयमा उसले सूचना लुकाएको दावी गरिन्छ भने कतिपय टापुहरुमा मानिसहरुको आउजाउ नै हुँदैन । उत्तर कोरियाले हालै मात्र आफ्नो मुलुक कोरोनामुक्त भएको घोषणा गरेको थियो । तर उत्तर कोरियाको औपचारिक धारणमा पनि धेरैको द्विविधा पाइन्छ । यसबीचमा दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे, धेरै दूतावास बन्द भए भने तुर्क्मेनिस्तान दमनकारी शासन भएको एउटा मुलुक हो जसले कोरोनाभाइरस शब्दमा नै प्रतिबन्ध लगाएको छ ।

उता मध्यपूर्वमा अवस्थित येमनमा अहिले पनि युद्ध जारी छ । त्यसैले गर्दा त्यहाँ सङ्क्रमण परीक्षण र पुष्टि गर्ने काम निकै चुनौतीपूर्ण बनेको छ । हूथी विद्रोहीहरूसँग सङ्घर्ष गरिरहेको छिमेकी साउदी अरबमा एप्रिल ८ सम्म २,८०० भन्दा धेरै मानिसमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

एन्टार्क्टिका कोरोनाभाइरसमुक्त एक मात्र महादेश हो। भौगोलिक रूपमा पनि उक्त महादेश बाँकी विश्वसँग पर छ । त्योबाहेक त्यहाँ निकै कम मानिस छन् । केही अरू स्थान भने पर्यटकीय क्षेत्र हुन् । तर विश्वभरि यात्रामा प्रतिबन्ध लागेको हुनाले बाहिरबाट त्यहाँ नयाँ मानिस पुगेका छैनन् ।

(तथ्यांकहरु बिबिसि नेपाली सेवाको रिपोर्टमा आधारित)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.