जन सरोकार

लकडाउनका बेला काठमाडौंका सडक मनमोहक र सुन्दर बनाइँदै

लकडाले काठमाडौं उपत्यकाको सडक सिंगारिने र मर्मत हुने मौका पाएको छ । लकडाउन खुलेपछिको काठमाडौंका सडक देखेर यात्रुहरु नै दंग हुने गरी मर्मत र रंगरोगन भैरहेको छ ।

खाल्डाखुल्डी पुर्ने काम लगभग ९० प्रतिशत समपन्न भैसकेको छ भने पिच गर्ने र सडक किनारमा ट्राफिक संकेत चिन्हहरु रंगाउने काम पनि चलिरहेको छ । उपत्यकामा मात्र हैन देशका प्रमुख शहरहरुमा पनि सडक मर्मत र रंगरोगनको काम चलिरहेको छ । कामदारको अभाव हुने भए पनि सीमित कामदारबाट हुने कामहरु बाटै हुने निर्माण र मर्मतको काम चलिरहेको छ ।

यसैबीच निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार कामदार निर्माणस्थलमा रहेको नेपाल निर्माण व्यवयासी महासङ्घले जनाएको छ ।

अहिले पनि धेरै स्थानमा वर्षा पहिले पुल निर्माण र नदी नियन्त्रणका काम सम्पन्न गर्नुपर्ने काम रहेको महासङ्घले जनाएको छ । कतिपय स्थानमा निर्माण सामग्री त्यसै खेर जाने अवस्थामा रहेको र कतिपय स्थानमा निर्माणको काम बीचैमा छाडिएकामा त्यसलाई अघि बढाउन सकिने महासङ्घका अध्यक्ष रबी सिंहले बताउनुभयो । कतिपय स्थानमा आधारभूत सबै काम सकिएर थोरै मात्रै बाँकी रहेको छ । महासङ्घले पूर्णरूपमा काम गर्नेभन्दा पनि अति आवश्यक र वर्षा पहिले गर्नैपर्ने काम मात्रै अहिले गर्न चाहेको उहाँले बताउनुभयो ।

असारदेखि वर्षा शुरु हुने भएकाले त्यस अघि सम्पन्न हुने काम समेत रहेका छन् । उहाँले भन्नुभयो, “कतिपय स्थानमा थोरै मेहनत पछि उपलब्धी हुने कामलाई सरकरले सहजीकरण गर्नुपर्छ ।” वर्षभरको सबैभन्दा काम गर्ने समयका रूपमा चैत, वैशाखको महिनालाई लिइन्छ । कतिपय स्थानमा नदी नियन्त्रणको काम वर्षा अघि नै सम्पन्न नगर्दा त्यहाँ वर्षामा ठूलो क्षतिको सम्भावना रहने उहाँले बताउनुभयो । कतिपय पुल वर्षा अघि नै सम्पन्न गरिने लक्ष्य लिइएको छ । उहाँले भन्नुभयो, “सरकार आफैँले ती स्थानमा आवश्यक छ र गर्न सकिन्छ भनेर छुट्टाउनुपर्छ ।”

अहिले निर्माणस्थलमै रहेका जनशक्तिलाई काममा लगाउन सकिने अध्यक्ष सिंहको भनाइ छ । त्यसबाहेक निर्माण व्यवसायीलाई थोरै सङ्ख्यामा प्राविधिक जनशक्ति मात्रै आवश्यक पर्ने उहाँले बताउनुभयो । त्यससँगै सरकारका प्रतिनिधिले आवश्यक निगरानी गर्न जानुपर्ने हुन्छ । ‘लकडाउन’ को समय भएकाले आवश्यक सामाजिक दूरी कायम गरेर निर्माण गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यसले गर्दा काम गरिरहेका व्यक्ति, उसको परिवार र देशलाई पनि फाइदा पुग्छ भन्ने हामीलाई लागेको छ ।”

अहिले देशभरका अधिकांश स्थानमा मजदूरहरू निर्माणस्थलमा उसै बसेर दिन बिताइरहेका उहाँले बताउनुभयो । कार्यरतमध्ये कतिपय नियमित मासिक तलव र कतिपय कामका आधारमा पारिश्रमिक पाउने गर्छ । यहाँ बसिरहेकालाई निर्माण व्यवसायीले नै खानेकुराको प्रवन्ध गरिहरहेको उहाँको दाबी छ । त्यही व्यक्तिले काम गर्न सके परिवारलाई पनि सहयोग गर्न सक्ने उहाँले बताउनुभयो । निर्माणस्थलमा रहेका मजदूर काम पनि गर्न नपाउने र मनोरञ्जनका कुनै माध्यम नहुँदा उसै बसेर दिन बिताइरहेका छन् । उहाँले भन्नुभयो, “काम गर्न नपाउँदा मजदूर आफैँ विक्षिप्त हुनसक्छन् ।”

सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न स्थानमा अहिले पनि निर्माण सुचारु रहेको बताउनुभयो । झण्डै आठ स्थानमा निर्माण भइरहेको विभागमा जानकारी आएको छ । सडक विभागका त्यहाँस्थित डिभिजनले त्यसको अनुगमन र समन्वय गरिरहेको छ । निर्माण भइरहेकामध्ये अधिकांश पुल निर्माणका ठेक्का छन् । विभागले निर्माण व्यवसायीलाई अहिले पनि आवश्यक समन्वय गरिरहेको उहाँको भनाइ छ । कतिपय स्थानमा ‘सवारी पास’ का लागि विभागले आवश्यक सहजीकरण गरिरहेको हो । उहाँले भन्नुभयो, “सामाजिक दूरी कायम गरेर भइरहेका काममा समस्या छैन ।”

कतिपय स्थानमा काम भइरहेको र गर्न सक्ने अवस्था भएपनि सबै स्थानमा त्यही अवस्था नहुन सक्ने महानिर्देशक शर्माले बताउनुभयो । कतिपय स्थानमा स्थानीय तहले काम गर्न हुँदैन भनेको अवस्थामा निर्माण अघि बढाउन नसकिने उहाँले बताउनुभयो । थोरै कामदारलाई सुरक्षित रूपमा काम गराउन सकिने भएपनि ती कामदार बाहिर जाने वा बाहिरबाट कामदार आउने गर्नुहुँदैन । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले त्यहाँ रहेका हाम्रा डिभिजन, आयोजना निर्देशनालय र स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न सक्नुहुन्छ ।”

‘लकडाउन’का समयमा समेत गर्न सकिने निर्माणका कामका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, सचिव देवेन्द्र कार्की, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलगायतसँग पनि कुराकानी भइरहेको महासङ्घले जनाएको छ । यस्तै, डिभिजन सडक कार्यालय काठमाडौँले विभिन्न स्थानमा सडक चिन्ह लगाउने काम गरिरहेको छ । अरु समयमा सवारीसाधन र पैदल यात्रुका चापले काम गर्न कठीन हुने स्थानमा काम भइरहेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.