राजनीति

गृहमन्त्री थापाको राष्ट्रियसभा सदस्य पद खारेजका लागि माओवादी केन्द्रको पत्र

प्रतिनिधिसभाका चार सदस्यलाई कारबाही गरेको नेकपा माओवादी केन्द्रले गृहमन्त्री तथा राष्ट्रियसभा सदस्य रामबहादुर थापा बादललाई पनि कारबाही गरेको छ ।

नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिनुभयो । दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।

अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.