क्रिकेटखेल

आईपीएलमा चेन्नईको दोस्रो जित, मुम्बई ७ विकेटले पराजित

भारतमा जारी १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा चेन्नई सुपर किंग्सले दोस्रो जित हासिल गरेको छ । शनिबार राति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई ७ विकेट पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गरेको हो ।

आईपीएल

जारी प्रतियोगितामा मुम्बईको यो लगातार दोस्रो हार हो । मुम्बईको घरेलु मैदान वान्खाड़े स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित२० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । मुम्बईका लागि ईशान किशनले ३२ रन बनाए भने टिम डेभिडले ३१ रन जोडे । त्यस्तै तिलक बर्मा २२ रन बनाई आउट भए भने कप्तान रोहित शर्माले २१ रन बनाए ।

चेन्नईका लागि रविन्द्र जडेजाले ३ विकेट लिए भने मिचेल स्यान्टनर र तुषार देशपान्डेले समान २-२ विकेट लिँदा सिसान्डा मंगलाको भागमा १ विकेट रह्यो । १५८ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नईले १८ दशमलब १ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

चेन्नईका लागि अजिक्या रहाणेले ६१ रनको अर्धशतकीय पारी खेले भने ऋतुराज गायकवाडले ४० रन बनाए । यी दुईले दोस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । यस्तै शिवम दुबेले २८ रन जोड्दा अम्बाती रायुडू २० रनमा अविजित रहे । मुम्बईका लागि जेसन बेहरनडोफ, पियुष चवला र कुमार कार्तिकेले समान १/१ विकेट लिए ।

लगातार दोस्रो जित हार पारेको चेन्नई ३ खेलमा २ जित र १ हार सहित ४ अंक जोड्दै चौथो स्थानमा छ भने दुई खेलमा अंकबिहिन मुम्बई तालिकाको आठौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुनेछन् । पहिलो खेलमा दिउँसो पौने चार बजे गुजरात टाईटन्स र कोलकत्ता नाइट राईडर्स र राति पौने आठ बजे हुने खेलमा सनराइजर्स हैदराबाद र पन्जाब किंग्स भिड्दै छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.