जन सरोकार
बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मोरङ, सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकस्थित सडकमा प्र.१-०२-००१ ख ९५१९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका-८ बस्ने ७९ वर्षीय डम्बरु प्रसाद निरौलाको सोमबार दिउँसो मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्