भारतीय मिडियाज्यू ! कोरोना बम नेपालबाट भारतमा हैन भारतबाट नेपाल भित्रिएको छ
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भयो र सो वार्तामा कोरोना भाइरस संक्रमणबिरुद्ध एकताबद्ध सहकार्य गर्ने सहमति भएको समाचार बाहिरिए लगत्तै केही भारतीय मिडियाले सनसनीपूर्ण खबर भन्दै एकजना नेपालीको फोटो राखेर सिमानामा कोरोना बम भनेर समाचार प्रसारण गरे ।
भारतीय मिडिया संसारमै सबैभन्दा बदनाम मिडिया रहेको विभिन्न सन्दर्भहरुमा पटकपटक प्रकट भैरहेको छ । नेपालमा भूकम्प गएको बेला अन्यत्रकै फोटो र दृश्य राखेर जसरी नेपालको भनेर भुकम्पको पीडामा अरु पीडा थप्ने काम गरेको थियो स्वयं भारतमा पनि कुनै विपत्ति आइपर्दा त्यहाँका निजी क्षेत्रका मिडियाहरु ट्रयाकभन्दा बाहिर गएर राष्ट्रिय जिम्मेवारी निर्वाह गर्नुको साटो दर्शक बढाउने खेलमा लाग्छन् । अहिले कोरोनाका विषयमा पनि नेपालमाथि विषवमन गरेर भारतीय मिडियाले के सावित गर्न खोजेको हो ? यस विषयमा नेपाल सरकारले तुरुन्त एक्सन लिनु आवश्यक छ ।
हुन त कतिपय भारतीय मिडियाका समाचारहरुलाई स्वयं भारतमै पनि गम्भीरताका साथ लिइदैन । सानो घटनालाई ठूलो बनाएर नाटकीय मोड दिएर प्याक्टलाई फिक्सन बनाउने उनीहरुको चरित्र नै बनेका बेला नेपालले भारतमा कोरोना फैलाउने षड्यन्त्र गरेको प्रचार गर्नु गम्भीर विषय भने हो । संसार हल्लाइरहेको कोरोनाका विषयमा एउटा छिमेकी मुलुकमाथि उति गम्भीर आरोप लगाउने भारतीय मिडियाको सो समाचारका सत्य तथ्यमाथि नेपाल सरकारले तत्काल एक्सन लिनु आवश्यक छ ।
त्यसो त भारतीय मिडियामा आएका यी खबर उनीहरुका संवाददाताको स्थलगत रिपोर्टका आधारमा भने हैन । नेपाल भारत सीमा रहेका भारतीय सीमा सुरक्षा बल (एसएसब)ीको हवाला दिइएको छ । इन्डिया टुडेले यस विषयमा भारतीय सीमा सुरक्षा बलले बिहारको पश्चिमी चम्पारण जिल्लाका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) र प्रहरीका एसपीलाई लेखेको पत्र देखाएको छ ।
पत्रमा नेपालको पर्सा जिल्लाका जगरनाथपुर गाउँपालिकाका जालिम मुखियाले भारतमा कोरोना फैलाउने षडयन्त्र गरिरहेको सूचना आएको दाबी गरिएको छ । पर्सा जिल्लाको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँ तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।
भारतीय मिडियाले आफ्नो तस्वीर राख्दै समाचार प्रशारण गरेपछि मियाँले फेसबुकबाट प्रष्टीकरण दिएका छन् । त्यसमा उनले भनेका छन्, भारतसँगण् हाम्रो मित्रताको सम्बन्ध छ, रोटीबेटीको सम्बन्ध छ । जालिम मियाँले यस्तो षड्यन्त्र गर्ने कारण के छ ? चाइनामा जालिम मियाँले कोरोना फैलाएको हो ? अमेरिका, फ्रान्स, इटली सारा देशमा जालिम मियाँले फैलाएको हो ? यो संकटको समयमा केही राजनीतिक व्यक्तिबाट मेरो चरित्र हत्या गर्ने प्रयास भएको छ । कि ममाथि लागेको आरोप प्रमाणित गरियोस्, सजाय भोग्न तयार छु । होइन भने ममाथि षड्यन्त्र गर्नेहरुलाई तत्काल पक्राउ गर्न सरकारसँग माग गर्छु। यस विषयमा मैले गृह मन्त्रालयलाई एसएमएस पठाएको छु । जिल्लाका सीडीओसँग पनि समन्वय गर्नेछु ।
जगरनाथपुर गाउँपालिकाले पनि शुक्रबार नै एउटा विज्ञप्ति जारी गरी भारतीय मिडियामा प्रशारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाका प्रशासकीय अधिकृत अमितकुमार गिरीले जारी गरेको विज्ञप्तिमा कुनै तथ्य–प्रमाणविना नेपाली नागरिकको चरित्र हत्या गरिएको भन्दै यो विषयमा परराष्ट्र मन्त्रालयले भारतीय दूतावाससँग खेद प्रकट गर्नुपर्ने माग गरिएको छ ।
गत ३ अप्रिलमा प्रेषित पत्रको नेपाली अनुवाद यस्तो छ
‘अत्यन्त विश्वस्त सूत्रहरुबाट प्राप्त सूचनाअनुसार पर्सा जिल्ला (नेपाल), जानकी टोला, जगन्नाथपुर गाउँका जालिम मुखिया नाम गरेका एक व्यक्ति भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेका छन् । उनी नेपालबाट अवैध हातहतियार र नक्कली नोटको भारतमा ओसारपसार गर्नसमेत संलग्न छन् । यसका साथै, उनले लकडाउनका क्रममा विभिन्न मुस्लिम देशमा काम गरिरहेका भारतीय मुस्लिम नागरिकलाई सीमा पार गराउने जिम्मेवारी पनि लिएका छन् । सूत्रका अनुसार ५–६ जना पाकिस्तानी नागरिकसहित दुई सय जनाजति भारतीय मुस्लिम ९मुस्लिम राष्ट्रमा काम गरिरहेका० नेपाल आएका थिए र उनीहरु अहिले चन्दनबस्रा र खैरवा गाउँमा रहेका मदरसाहरुमा बसिरहेका छन् । सुत्रका अनुसार ४०–५० संदिग्ध भारतीय मुस्लिम नागरिकहरु आज आइपुग्ने छन् र आगामी दिनमा अरु धेरै आउन सम्भावना छ । सूत्रका अनुसार यी नागरिकहरुले शरीरको तापक्रम घटाउन प्यारासिटामोल ट्याबलेट खाइरहेका छन् र उनीहरु कोरोना पोजिटिभ हुन सक्छन् । तपाईंको सूचनाका लागि यो पत्र प्रेषित गरिएको छ र सरोकारवाला निकायका साथै नेपालको जिल्ला प्रशासनका अधिकारीहरुलाई सतर्क तुल्याउन अनुरोध गरिन्छ ।’
एसएसबीको यही पत्र समावेश गर्दै पश्चिम चम्पारण, बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले बेतिया प्रहरीलाई अर्को पत्र लेखेका छन् । उक्त पत्रमा नेपाल–भारत सीमामा यथेष्ट सतर्कता अपाउन र सन्दिग्ध गतिविधिलाई कडा निगरानी गर्न आग्रह गरिएको छ । साथै, नेपालसँग सीमा जोडिएका सात जिल्लाका एसपीहरुले थानेदारलाई चिठ्ठी लेख्दै भारत र नेपालका गुप्त बाटोहरुमा नजर राख्न भनेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
भारतीय मिडियाले नेपाल र नेपालीमाथि यस्ता संगीनन आरोप लगाएको यो नै पहिलोपटक भने हैन । केही महिनाअघि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा उसको नक्सामा गाभेपछि नेपालमा भएको बिरोधलाई भारतीय मिडियाले भारतीय भूमि कब्जा गर्ने नेपालको षड्यन्त्र भनेर प्रचार गरे । जगजाहेर विषय त के थियो भने नेपाली भूमि भारतले हडपिरहेको छ र यो क्रम अहिले पनि जारी छ ।
भारतीय मिडियाहरुका यस्तो दावी र समाचारप्रति नेपाल सरकारको तत्काल ध्यान जानु आवश्यक छ । अहिलेको वास्तविकता के हो भने नेपालमा कोरोना संक्रमित भएकाहरुमध्ये आधाजसोले भारतबाट बोकेर आएका छन् । बरु भारतबाट नेपालमा कोरोना बम भित्रिएको आशंका छ । सुदूरपश्चिमा भारतबाट आएका एक नेपालीबाट स्थानस्य मानिस कोरोनाा संक्रमित भएका छन् । यो तथ्य लुकाए नेपालका एक अल्पसंख्यक समुदायका अगुवामाथि आरोप लगाएर सरकारी दस्तावेज जै बनाउने भारतको षड्यन्त्रको पर्दा च्यात्न ढिला नगरे यही वहानामा अर्को कुनै दुर्घटना नहोला भन्न सकिन्न ।
पछिल्लो समाचार भारतीय मिडियाको मात्र हैन कि त्यहाँका सरकारी अधिकारीहरुको समेत रिपोटए रहेको हुँदा सरकारले यसको सत्य तथ्यका विषयम तत्काल कूटनीतिक पहल गर्नु आवश्यक छ ।
प्रतिक्रिया राख्नुहोस्