जन सरोकार

नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ

काठमाडौंको गोङगबुस्थित नयाँ बसपार्क नजिक एक होटलमा एकजना युवकको शव फेला परेको छ । मृतक स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्री रहेको प्रहरीले जनाएको छ । मृतकको नागरिकताको आधारमा परिचय खुलेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काका अनुसार मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएकाले मृत्यको थप कारण पोष्टमार्टमपछि मात्रै थाहा हुने बताउनुभयो ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.