भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्सले पहिलो हार व्यहोरेको छ । बुधबार राति भएको खेलमा राजस्थान गुजरात टाइटन्ससँग ३ विकेटले परजित हुँदै प्रतियोगितामा पहिलो हार व्यहोरेको हो ।
जारी सिजनमा गुजरातको भने यो तेस्रो जित हो । राजस्थानको घरेलु मैदान जयपुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । राजस्थानको लागि लागि रियान परागले ७६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान सन्जु स्यामसनले अविजित रहँदै ६८ रनको अर्धशतकीय इनिङ् खेलेका थिए ।
त्यस्तै, यश्स्वी जैशवालले २४ रन बनाउँदा सिम्रन हेटमेयर १३ रनमा नटआउट रहे । गुजरातको लागि उमेश यादव, राशिद खान र मोहित शर्माले समान १-१ विकेट लिए । १ सय ९७ रनको लक्ष्य पछ्याएको गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । गुजरातका लागि कप्तान शुभमन गिलले अविजित रहँदै ७२ रनको अर्धशतकीय इनिङ खेल्दा साइ सुदर्शनले ३५ रन बनाए ।
यस्तै, रासिद खान २४ रनमा अविजित रहँदा विजय शंकरले १६, राहुल टेवटियाले २२ तथा साहारुख खानले १४ रन जोडे । राजस्थानको लागि कुलदीप सेनले ३, युजभेन्द्र चाहलले २ र आभेश खानले एक विकेट लिए ।प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोर नेपाली समय अनुसार राति ७:४५ बजे मुम्बईमा भिड्दै छन् ।



प्रतिक्रिया राख्नुहोस्