अर्थ
दुई सयले घट्यो सुनको मूल्य, आज कति छ तोलाको ?
स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा रु दुई सयले घटेको छ ।
यस्तै, तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ३६ हजार एक सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३५ हजार नौ सय ५० निर्धारण भएको छ ।
चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । बुधबार प्रतितोला रु एक हजार सात सयमा कारोबार भएको चाँदी आजका लागि पनि समान मूल्य निर्धारण भएको छ




प्रतिक्रिया राख्नुहोस्