अर्थ

१३ देशका राजदूतबाट एकएक महीनाको तलब कोषमा प्रदान

विदेशस्थित १३ देशका नेपाली राजदूतहरुले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आआफ्नो एकएक महिनाको तलब प्रदान गर्ने हुनुभएको छ ।

यसै क्रममा दक्षिणपूर्व एशिया तथा प्रशान्त क्षेत्रमा कार्यरत चार नेपाली राजदूतले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले आफूहरुको सो सामूहिक निर्णय गरेको जानकारी दिनुभयो । नेपाली राजदूतहरु मलेसियाका लागि उदयराज पाण्डे, म्यानमाका लागि भीमकृष्ण उदास, अष्ट्रेलियाका लागि दाहाल र थाइल्याण्डका लागि गणेशप्रसाद ढकालले कोषमा योगदान गर्ने घोषणा गर्नुभएको हो ।

त्यसै गरी मध्यपूर्व तथा खाडी देशमा खटिएका नौ नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

इजराइल, इजिप्ट, ओमान, कतार, कुवेत, पाकिस्तान र बहराइन, साउदी अरब र युएईका नेपाली राजदूतले आफ्नो एक महिनावापतको तलब सरकारले स्थापना गरेको उपचार कोषमा जम्मा गर्ने निणर्य गरेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिनुभयो ।

कतारका लागि नारदनाथ भारद्वज, इजराइलका लागि डा अञ्जना शाक्य, इजिप्टका लागि झविन्द्रप्रसाद अर्याल, ओमानका लागि शर्मिला पराजुली ढकाल, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, पाकिस्तानका लागि सेवा लम्साल, बहराइनका लागि सुन्दास, युएईका लागि कृष्णप्रसाद ढकाल र साउदी अरबका लागि महेन्द्रप्रसाद सिंह राजपुतले एक महिनाको तलब राहत कोषमा दिने निर्णय गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.