राजनीति

गृहमन्त्री गुरुङद्वारा चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षण

गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा काममा ढिलाइ भएको विषयमा उहाँले चिनियाँ ठेकेदार कम्पनीलाई ध्यानाकर्षणसमेत गराउनुभएको छ ।

मंगलबार गृहमन्त्री गुरुङले काममा ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो ।

अनुगमनका क्रममा उहाँले काम समयमा सम्पन्न नगर्दा यात्रुहरूले सास्ती भोग्नुपरेको, दैनिक आवागमन प्रभावित भएको र दुर्घटनाको जोखिम बढेकाले यस अवस्थाको चाँडो अन्त्य गर्न निर्देशन दिनुभएको हो ।

निर्माण कम्पनीका प्रतिनिधिहरूले अबको १५ दिनभित्र सडक निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले निर्माणलाई तीव्रता दिइ निर्धारित समयसीमाभित्रै सम्पन्न गर्ने जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.