जापान

मे महिनादेखि नगद वितरण- कोरोना संक्रमितको संख्या साँढे सात हजार नाघ्यो

संकटकाल घोषणापछि आर्थिक समस्यामा परेका परिवारलाई मे महिनादेखि नगद सहायता वितरण गर्ने योजना आर्थिक उत्थान मन्त्री यासुतोशी निशिमुराले बताउनुभएको छ । मन्त्री यासुतोशीले मंगलबार आयोजित एक पत्रकार सम्मेलनमा सरकारको योजनाबारे जानकारी दिनुभएको हो ।

त्यसै गरी मुख्य सचिव योशिहिदे सुगाले आर्थिक सहायता स्वरुप नगद वितरणको गृहकार्य गृह मन्त्रालयले गरिरहेको जानकारी दिनुभयो । उहाँले गृहका अधिकारीहरु निम्न आय भएका परिवारलाई आर्थिक सहयोग पुर्याउने कार्य सरल बनाउने योजना बनाइरहका छन् ।

जापान सरकारले राजधानी टोकियो लगायत ७ प्रान्तमा गत सातादेखि एक महिने संकटको लगाएको छ । संकटकाल घोषणासंगै सरकारले आर्थिक प्याकेजको पनि घोषणा गरेको थियो । जसअनुसार फेब्रुअरीदेखि जुनको बीचमा पारिवारिक आय अबरुद्ध निम्न आए हुने परिवारलाई प्रति परिवार ३ लाख येन दिने घोषणा गरेको थियो ।

यसैबीच जापानमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । मंगलबार दिउँसोसम्म डायमण्ड प्रिन्सेज क्रुजमा संक्रमित बाहेक ७ हजार ७ सय रहेको छ । मंगलबार थप १८ जना संक्रमित भेटिएका छन् । क्रुजमा रहेको संक्रमितको सख्या ७ सय १२ रहेका छन् ।

संक्रमणको आँकडा राजधानी टोकियोमा उच्च रहेको छ । टोकियोमा २ हजार १ सय ५८ संक्रमित भेटिएका छन् भने ओशाकामा ८ सय ५५ र कानागावामा ५ सय ६१ संक्रमित रहेका छन् ।
यसै गरी मंगलबारसम्म १ सय ५८ जनाको मृत्यु भएको छ जसमध्ये १२ जना क्रुजमा रहेका यात्रु छन् । यसै गरी १ हजार ४ सय ४३ जना संक्रमणपछि निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.