विश्व समाचार

भारतको राजधानी दिल्ली लगायत छ शहर ‘रेड जोन’ घोषित

भारत सरकारले कोरोना संक्रमण अत्यधिक भएका त्यहाँको राजधानी दिल्ली लगायत मुम्बई, चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई कोरोना संक्रमणको रोड जोन घोषित गरेको छ । यी शहरस्थित प्रमुख औद्योगिक उत्पादन क्षेत्र समेत ‘रेड जोन’मा राखिएको हो ।

भारत सरकारले हालै जारी गरेको निर्देशिकामा संक्रमणको तहको आधारमा छ वटै शहरलाई ‘रेड जोन’मा राखिएको हो ।

त्यसै गरी केही मात्रै संक्रमित रहेको क्षेत्रलाई ‘ओरेन्ज जोन’ र संक्रमण नदेखिएको क्षेत्रलाई भने ‘ग्रीन जोन’मा विभाजन गरिएको छ । ‘ग्रीन जोन’मा भने कुनै शहर छैन् ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार देशका १७० जिल्लालाई ‘रेड जोन’मा विभाजन गरिएको छ । २०७ जिल्ला उच्च निगरानीमा छन् । दिल्ली र मुम्बई बाहेक चेन्नई, बैंग्लोर, कलकत्ता र हैदराबादलाई ‘रेड जोन’मा राखिएको छ ।

संघीय सरकारले राज्यलाई एक साताभित्र यी क्षेत्रमा युद्धस्तरमा कोरोनाभाइरस संक्रमणको परीक्षण सुरु गर्न निर्देशिका जारी गरेको छ । निर्देशिकामा छिटोभन्दा छिटो संक्रमण न्यूनिकरण गर्न उपाय अपनाउँदै ‘रेड जोन’लाई ‘ओरेन्ज’हुँदै संक्रमण मुक्त बनाउन उपायहरु सुझाइएको छ ।

निर्देशिका बमोजिम २८ दिनसम्म नयाँ संक्रमित नथपिएको अवस्थामा ‘ओरेन्ज जोन’मा परिण गरिनेछ । १४ दिनसम्म कुनै नयाँ संक्रमित फेला नपरेको अवस्थामा ‘ओरेन्ज जोन’लाई संक्रमण मुक्त घोषणा गरिने बताइएको हो ।

राज्य सरकारले यसअघि नै भारी संख्यामा परीक्षण सञ्चालन गर्ने प्रकृया अबलम्बन गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड बमोजिम एकैपटक भारी संख्यामा स्वाब संकलन गरिनेछ । एकै समयमा बहुसंख्यक व्यक्तिबाट संकलित स्वाबलाई नलीमा राखेर एकै समयमा परीक्षणको व्यवस्था गरिएको उपकरणमा राखेर संक्रमणको अवस्था पत्ता लगाइनेछ ।

बीबीसीका अनुसार एकैपटकमा गरिने परीक्षणमा संकलित स्वाबमा संक्रमण नदेखिएको अवस्थामा सबैजना संक्रमणबाट मुक्त भएको ठहरिनेछ । संकलित स्वाबमा संक्रमणको पुष्टि भएको अवस्थामा सबैलाई बेग्लाबेग्लै पुनः परीक्षण गरेर बिरामी विशेषलाई पहिचान गरी अलग गरिनेछ ।

भारतमा कुल ७२० जिल्ला रहेको छ । ४२० जिल्लामा कोरोनाभाइरसको संक्रमण पाइएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या करिब १४ हजार पुगेको छ । १० हजार ४७७ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय पाइएको छ । एक हजार ४८९ जना संक्रमित निको भएर घर फर्केका छन् । ४१४ जनाको संक्रमणपछि मृत्यु भएको छ ।

समाचार संस्था टाइम्स अफ इन्डियाको अनलाइन संस्करणका अनुसार सबैभन्दा बढी संक्रमित आर्थिक राजधानी मुम्बई रहेको महाराष्ट्र राज्यमा पुष्टि भएको छ । महाराष्ट्रमा दुई हजार ९१७ जना संक्रमित छन् । १८७ जनाको मृत्यु भएको छ । २९५ जना निको भएर घर फर्केका छन् । राजधानी शहर दिल्लीमा एक हजार ५७८ जना कोरोनाभाइरसका संक्रमित छन् । ३२ जनाको मृत्यु भएको छ । भने ४० जना निको भएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.