राजनीति

नेपाली कांग्रेसका सांसद खड्काद्वारा लेखासमितिको सभापतिमा मनोनयन दर्ता

नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराउनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले लेखा समिति प्रमुख प्रतिपक्षीदललाई दिने निर्णय गरेको थियो ।

बिहिबार बसेको रास्वपा संसदीय दलको बैठकको सो निर्णयलगत्तै कांग्रेस संसदीय दलले खड्कालाई लेखा समितिको सभापतिमा पठाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा खड्काले मनोनयन दर्ता गराउनुभएको हो ।

प्रतिनिधिसभामा झन्डै दुई तिहाइ बहुमत रहेको राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको थियो ।

सोही निर्णयपछि कांग्रेसले डोटीबाट निर्वाचित सांसद खड्कालाई लेखा समितिको सभापति उम्मेदवार बनाउने निर्णय गर्दै उम्मेदवारी मनोनयन गरेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.