रवि लामिछानेका सवारी चालक घरको छतबाट खसेर घाइते
पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेका सवारी चालक चितवनको भरतपुर ११ मा रहेको आवासको छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार चालक दिलबहादुर थापा भरतपुर ११ मा रहेको लामिछानेको आवासको छतबाट खसेर घाइते हुनुभएको हो ।
सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका – ३ घर भएका ३९ वर्षका चालक थापा घरको तीन तलामाथिको छतमा सुतेका चालक सोमबार बिहान अन्दाजी ४ बजेको समयमा खस्नुभएको हो ।
उहाँको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । उहाँको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ताका अनुसार घटनास्थलमा चितवन प्रहरी प्रमुख रामेश्वर कार्कीको नेतृत्वमा पुगेको टोलीले अनुसन्धान गरिरहेको छ । घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ ।
सभापति लामिछाने चितवन –२ मा वैशाख १० गतेको उपनिर्वाचनमा उम्मेदवार हुनुहुन्छ । उहाँ यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । अवैध नागरिकताका कारण उहाँको सांसद पद सर्वोच्च अदालतले खारेज गरिदिएका कारण उपनिर्वाचन हुन लागेको हो ।




प्रतिक्रिया राख्नुहोस्